काठमाडाैं – हप्ता दिनदेखि प्रभावित पाेखरा विमानस्थलकाे उडान साेमबार बिहानबाट नियमित रूपमा सञ्चालन भएकाे छ । कम भिजिबिलीटिका कारण हप्ता दिन दिनदेखि प्रभावित भएको पर्यटकीय राजधानी पोखराको उडान गएराति पानी परेसँगै नियमित उडानमा फर्किएकाे हाे ।
धूलो र धुवाँको कारण उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा उडानहरू अवरुद्ध भएका थिए । आन्तरिकतर्फ सबै भन्दा व्यस्त पोखरा विमानस्थलको उडान प्रभावित हुँदा विमानस्थलमा स्वदेशी तथा विदेशी यात्रु अलपत्र परेका थिए ।
प्रतिक्रिया