ललितपुर महानगरको बजेट लक्ष्यकाे ५७ प्रतिशत मात्र खर्च 


काठमाडौं –  ललितपुर महानगरपालिकाले  वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार वैशाख  २० गतेसम्म ललितपुरले ३ अर्ब ७२ करोड ७५ लाख ९३ हजार रुपैयाँ बजेट खर्च गरेको छ । यसको मतलब महानगरपालिकाले चालु आवको साढे १० महिनाको अवधिमा  ५७ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।

महानगरपालिकाको वित्तीय विवरण अनुसार वैशाख २० गतेसम्म ललितपुरले ३ अर्ब ७२ करोड ७५ लाख ९३ हजार रुपैयाँ बजेट खर्च गरेको छ । यो लक्ष्यको ५७ प्रतिशत हो । यस आवमा सरकारले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

खर्च भएकोमध्ये १ अर्ब ७२ करोड ८८ लाख ४२ हजार रुपैयाँ चालु खर्च रहेको छ । यो लक्ष्यको ६९ प्रतिशत हो । पुँजीगत खर्च भने १ अर्ब ९९ करोड ८७ लाख ५१ हजार रुपैयाँ बराबरको भएको छ । जुन लक्ष्यको ५० प्रतिशत मात्र हुन आउँछ । यस वर्ष ललितपुरले २ अर्ब   ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ चालु खर्च र ४ अर्ब २१ लाख ४६ हजार रुपैयाँ पुँजीगत खर्च हुने अनुमान गरेको छ ।