सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

उक्त कित्ता शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र खरिद गर्न चाहेको कित्ता विवरण खुलाई बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।

सो शेयर बैंकका संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि अन्य व्यक्ति वा संघसंस्थाका लागि बिक्री खुला गरिएकाे हाे।