काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको हिजो अर्थात् वैशाख १९ गते बसेको संचालक समतिको बैठकले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ९.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४।५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया