प्रभु बैंकका तीन संचालकले दिए राजीनामा, थपिए दुई जना

प्रभु बैंकका तीन संचालकले दिए राजीनामा, थपिए दुई जना


काठमाडौं–प्रभु बैंकका तीन जना संचालकले राजीनामा दिएका छन् । राजीनामा दिनेमा बैंकको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा. गीता प्रधान रहेका छन् । उनीहरुको राजीनामा वैशाख ७ गते बसेको बैंकको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

उक्त बैठकले दुई नयाँ संचालक पनि चयन गरेको छ । चयन हुनेमा संस्थापक शेयरधनी समूहतर्फको रिक्त सञ्चालक पदमा अंगिर मान सिंह र तारा मानन्धर रहेका छन् ।