काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा समीक्षा अवधिमा कम्पनीले १३ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ ।
कम्पनीले समिक्षा अवधिमा कम्पनीले १३ करोड २ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको हो। तर, कम्पनीको यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३३.०५ प्रतिशत कमी हो । गत आवमा कम्पनीले १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
चैतसम्ममा कम्पनीले २५ करोड ३० लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। तर, गत आवको तुलनामा भने २०.३३ प्रतिशत कमी हो।यस्तै, कम्पनीको संचालन नाफा पनि ३२.४० प्रतिशत घटेर १८ करोड ७८ लाख ९८ हजार रुपैयाँ कायम भएको छ। कम्पनीको वितरणयोग्य नाफा भने ९ करोड ५० लाख ९४ हजार रुपैयाँ कायम भएको छ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १४ रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ भने १३१ रुपैयाँ ८३ पैसा कायम भएको छ। कम्पनीको खराब कर्जा भने ०.७४ प्रतिशत छ। कम्पनीले जगेडा कोषमा भने २९ करोड ७६ लाख रुपैयाँ राखेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख रुपैयाँ छ।
प्रतिक्रिया