लाभांशकाे नकारात्मक प्रभाव : एनआईसी एशिया लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट

लाभांशकाे नकारात्मक प्रभाव : एनआईसी एशिया लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले घाेषणा गरेकाे लाभांशकाे नकारात्मक प्रभाव संस्थाकाे सेयरमूल्यमा देखिएकाे छ । दाेश्राे बजारमा आज काराेबारकाे प्रारम्भमा नै संस्थाकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । 

 

संस्थाकाे सेयरमूल्य १० प्रतिशतले घटेर एक हजार एक सय ४२ रूपैयाँ १० पैसामा झरेकाे छ ।

संस्थाकाे हिजाे असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । 

 

\"615bea132db93.jpg\"