यस्तो छ राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था

यस्तो छ राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था


काठमाडौं– राष्ट्रिय सहकारी बैंकमा ४३.२६ प्रतिशत तरलता रहेको पछिल्लो तथ्यांकले देखाएको छ। बैंकले सार्वजनिक गरेको तथ्यांकमा ४३.२६ प्रतिशत तरलता रहेको उल्लेख गरेको छ। सार्वजनिक तथ्यांक अनुसार सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १६ हजार २९३ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ८८२ रहेको छ।

उक्त वित्तीय विवरण अनुसार हाल बैंकको शेयर पूँजी दुई अर्ब ८० करोड माथि रहेको छ। त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ७३ लाख, कुल बचत ५९ अर्ब १३ करोड ५३ लाख, ऋण लगानी २८ अर्ब ७६ करोड २१ लाख रुपैयाँ रहेको छ।

हाल राष्ट्रिय सहकारी बैंकको तरलता रकम २५ अर्ब ५८ करोड २१ लाख रुपैयाँ रहेको छ। त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पूँजी एक अर्ब ४७ करोड ३१ लाख, विभिन्न कोषको जम्मा रकम १७ करोड ९६ लाख र कुल सम्पत्ति ६७ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ रहेको छ।