‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन’ लाई राष्ट्रिय सभाको सहमति

‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन’ लाई राष्ट्रिय सभाको सहमति


काठमाडौं–खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धका प्रतिनिधि सभाबाट भएको संशोधन’ लाई राष्ट्रिय सभाले पनि सहमति जनाएको छ। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभामा सहमतिका लागि प्रस्तुत गरेकी प्रस्ताव सर्वसम्मतीले पारित भएको हो।

बैठकमा सांसदहरुले खाद्य स्वच्छता र गुणस्तरको विषयमा गम्भिर भएर काम गर्न सरकारलाई सचेत गराएका थिए। राष्ट्रिय सभाको अर्को बैठक २०८१ साल वैशाख ४ गते मंगलवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ।