आगामी महिनाका लागि ब्याजदर घटायो ग्लोबल आइएमई बैंकले

आगामी महिनाका लागि ब्याजदर घटायो ग्लोबल आइएमई बैंकले


काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी माघ महिनाका लागि ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत ब्याजदर कायम गरेको छ । चैत्र महिनाका लागि बैंकले अधिकतम ७.६० प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले वैशाख महिनामा संस्थागततर्फ ६ महिनादेखि १ वर्षसम्मका लागि ५ प्रतिशत तथा १ वर्षदेखि माथि ६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ६ प्रतिशत र १ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले वैशाख महिनाका लागि अधिकतम ६ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले चैत्र महिनामा अधिकतम ६.६० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।