चालु आर्थिक वर्ष : आठ महिनामा १३ विकास बैंक नाफामा, ४ घाटामा

चालु आर्थिक वर्ष : आठ महिनामा १३ विकास बैंक नाफामा, ४ घाटामा


काठमाडौं– चालु आर्थिक वर्षको ८ महिनामा विकास बैंकहरुले साढे ३ अर्ब खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्म विकास बैंकहरुले रु. ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

जसमध्ये ससैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यो बैंकले आठ महिनामा रु. ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । धेरै नाफा कमाउने विकास बैंकको दोस्रो नम्बरमा गरिमा विकास बैंक छ । जसले रु. ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन छ । यस्तै रु. ५२ करोड २७ लाख रुपैयाँ नाफा कमाउँदै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक तेस्रो नम्बरमा परेको छ ।

यसैगरी आठ महिनामा महालक्ष्मि, कामना सेवा, लुम्बिनी डेभलपमेन्ट बैंक, ज्योति, सांग्रिला बैंकले क्रमशः रु. ४० करोड, रु. ३८ करोड र रु. २७ करोड ९७ लाख रुपैयाँ, रु . २५ करोड ७ लाख र रु. २१ करोड ४९ लाख खुद नाफा आर्जन गरेका छन् । यस्तै कर्णाली विकास बैंकले रु. ४ करोड ५ लाख, मितेरी बैंकले रु. ४ करोड, सिन्धुले रु. २ करोड, ग्रीन डिबीले रु. १ करोड नौ लाख र कर्पोरेट विकास बैंकले रु. १ करोड २ लाख नाफा आर्जन गरेको हो ।

यो अवधिमा ४ वटा विकास बैंक भने घाटामा देखिएका छन् । जसमध्ये सबैभन्दा धेरै घाटा बेहोर्ने बैंकको सूचीमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । यस बैंकले ८ महिनामा रु. २४ करोड बढी घाटा बेहोरेको हो । सप्तकोशी विकास बैंकले पनि आठ महिनाको अवधिमा रु. १३ करोड ६२ लाख रुपैयाँ घाटा बेहोरेको छ । यस्तै नारायणी विकास बैंकले रु. ७ लाख र सालपा विकास बैंकले रु. २ करोड नाफा बेहोरेको तथ्यांकमा उल्लेख छ ।