बैंकिङ्ग समाचार ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस आए पनि अहिले नै आत्तिहाल्नु नपर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाली अर्थतन्त्रमा कोरोना प्रभावको बिषयमा बोल्दै अर्थमन्त्री खतिवडाले जोखिमलाई अधिक मूल्यांकन गर्न अहिले नमिल्ने बताए ।
कोरोनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पार्ने असर फरक–फरक भएको बताउँदै अर्थमन्त्री खतिवडाले कोरोना भाइरसको कारणले व्यापार, लगानी श्रम, पर्यटन र पूँजी प्रवाहमा कुनै न कुनै ढंगले असर पारिरहेको बताए। उनले भने, ‘ हालसम्मको स्थिति हेर्दा अर्थतन्त्र र ब्यापारलाई ठुलो असर परेको छैन । पछिल्लो फागुन मसान्तसम्मको अवधिलाई नियाल्दा व्यापारको स्थिति अघिल्ला ६ ७ महिनामा जे थियो अहिले पनि त्यही छ ।’
उनले औषत व्यापार ८ प्रतिशत, ५ प्रतिशत र ३ प्रतिशतले घट्दै आइरहेको प्रष्ट्याउँदै आयात प्रतिस्थापन तथा अन्य कतिपय वस्तुको आयातमा निरुत्साहित गरेकाले पनि आयात घटेको बताए । फागुन महिनामा आयात दुर्इ वा तीन प्रतिशतले घटे पनि निर्यात चाहीँ करिव २३ प्रतिशतले घटेको तथ्याङ रहेको उनले बताए ।
अर्थमन्त्री खतिवडाले बैंकहरुको अवस्थाबारे तत्कालै चिन्ता लिन नपर्ने बताउँदै पर्यटन लगायतका उत्पानमुलक क्षेत्रमा बैंकहरुको लगानी २० प्रतिशतको हाराहारी भएको र त्यसमापनि ठुलो अंश कृषि र बिद्युतमा भएकाले पोर्टफोलियोको हिसाबले पर्यटनमा लगानी ७ प्रतिशत हाराहारी भएकाले एनपीएल तत्काल नबढ्ने उनले बताए। कोरोनाका कारण पर्यटन क्षेत्र लगायतका क्षेत्रमा गरिएको लगानीमा रि सेड्युल गर्नुपर्ने लगयतका अप्ठ्यारा देखिएपनि खराब कर्जा धेरैले नबढ्ने उनले बताए।



About Us
प्रतिक्रिया