काठमाडौं– गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सीप तथा क्षमता विकास गर्ने उदेश्यले शनिवार र वटा शाखा मार्फत फरक फरक शीर्षकका एक दिवसीय तालिम सम्पन्न गरेको छ ।
यसमध्ये शाखा कार्यालय बिजयपुर कास्कीले एक दिने व्यवसायिक तरकारी खेती तालिम पोखरामा सम्पन्न गरेको छ । उक्त तालिमको उद्घघाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकालले गरेका थिए भने तालिमको प्रशिक्षण सम्बन्धित बिषय विज्ञ दामोदर अधिकारीले गरे । त्यस्तै शाखा कार्यालय बेलचौतारा तनहुले एक दिने व्यवसायिक कुखुरा पालन तालिम तनहुमा सम्पन्न गरेको छ । तालिमको प्रशिक्षण शुक्लागण्डकी नगरपालिकाको पशु शाखामा कार्यरत सम्बन्धित विषय विज्ञहरुले दिएका थिए ।
त्यसैगरी शाखा कार्यालय औंराबनी सुनसरी र शाखा कार्यालय यसम ओखलढुंङाले एक दिने व्यवसायिक बाख्रा पालन तालिम सुनसरी र ओखलढुंगामा सम्पन्न गरेका छन् । तालिमको प्रशिक्षण सम्बन्धित शाखा रहेको गाउँपालिकाको पशु शाखामा कार्यरत विषय विज्ञहरुले दिएका दिए । सम्बन्धित शाखाका शाखा प्रबन्धकहरुको अध्यक्षतामा सम्पन्न भएका एक दिने उल्लेखित व्यवसायिक तालिम पश्चात् तालिममा सहभागी सदस्यहरुको व्यवसायिक क्षमता वृद्धि हुने अपेक्षा संस्थाले लिएको छ । तालिमको अन्तमा उल्लेखित चार वटा तालिमका सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
संस्थाको तालिम विकास तथा प्रवर्तन विभागको समन्वयमा हालसम्म विभिन्न शाखा कार्यालय मार्फत संचालन भएका २१ वटा सीप विकास तालिममा करिब ६०० जना ग्राहक सदस्यहरु प्रत्यक्ष सहभागी भएको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख प्रभुराज थापाले जनाए । साथै बाँकी शाखाहरुबाट पनि सदस्यहरुको व्यवसायिक क्षमता अभिबृद्धी गर्न बार्षिक योजना अनुसारका सम्पुर्ण तालिमहरु सम्पन्न गर्ने लक्ष्य संस्थाले लिएको छ ।
प्रतिक्रिया