ग्लोबल मनी विक २०२४ का अवसरमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विक २०२४ का अवसरमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं– विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक २०२४) को अवसरमा कामना सेवा विकास बैंकले बुधबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । यसै सप्ताहअन्तर्गत बैंकले गोलबजार नगरपालिका, सप्तरीका सरकारी कर्मचारीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकका मधेश प्रदेशको प्रमुख दिमश अमात्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोलबजार नगरपालिकाका उपमेयर मान्ती शाह, नगरपालिकाका १३ वडा कार्यालयका अध्यक्ष प्रतिनिधिहरु, वडाध्यक्षहरु, विभिन्न पदाधिकारीहरु तथा सरकारी कर्मचारीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रममा बैंकको लहान शाखा प्रमुख प्रकाश घिमिरेले प्रस्तुतिकरण गरेका थिए । जनप्रतिनिधि तथा कर्मचारीहरुलाई बैंकङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने हेतुले कार्यक्रम गरिएको थियो ।

यसैगरी कार्यक्रममा गोलबजार नगरपालिकासँग सम्बन्धित ६० जना भन्दा बढीको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा वोल्दै नगरपालिकाका उपमेयर शाहले बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गनाइजेसन अफ इकोनोमिक कपरेसन एण्ड डेभलोपमेन्ट (ओइसीडी) को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गदैंछ ।