काठमाडौं – नेपाल बीमा प्राधिकरणले देशैभरीका बीमा कम्पनीका शाखा कार्यालयहरूलाई मापदण्ड बमोजिम चल्न निर्देशन दिएको छ। बीमा कम्पनीका शाखा कार्यालयहरुलाई मापदण्ड बमोजिम संचालन गर्न नियामक निकाय बीमा प्राधिकरणले दुई महिने अल्टिमेटम दिएको हो।
बीमा प्राधिकरणले गत बर्ष बीमा कम्पनीहरुको प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरुमा तोकेको मापदण्ड अनुसार व्यवस्थित गर्न निर्देशन दिएको हो । हाललाई जनशक्ति सम्बन्धी परिचालन गर्ने९तत्कालको लागि अर्को व्यवस्था नभएसम्म प्रदेश कार्यालयमा पाँचजना शाखा, चारजना उपशाखामा, दुई जना कर्मचारी अनिवार्य राख्न प्राधिकरणले निर्देशन दिएको छ।
प्रतिक्रिया