काठमाडौं – नेपाल राष्ट्र बैंकले १ अर्ब ९१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना निकाल्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूको मद्धती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ।
राष्ट्र बैंकले ‘क’ वर्गको वाणिज्य बैंकहरुमा १ अर्ब ५२ करोड ८९ लाख, ‘ख’ वर्गका विकास बैंकहरुमा २८ करोड ६६ लाख र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा ९ करोड ५५ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।
निक्षेप लिन चाहने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरेको ब्याजदर समेत खुलाई चैत ८ गते जानकारी गराउन सक्नेछन् ।
प्रतिक्रिया