काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) ले ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आइतबार एक सूचना जारी गर्दै बैंकले ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयर धनीहरूले ३५ दिन भित्र नयाँ बानेश्वरमा रहेको रजिष्ट्रारको कार्यलयमा आवेदन दिन सक्नेछन् ।
तोकिएको म्याद भित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरे उक्त सेयर संस्थापकबाहेकका लागि बिक्रीमा राखिने निफ्राले जनाएको छ ।



About Us
प्रतिक्रिया