विन नेपाल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न

विन नेपाल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं–विन नेपाल लघुवित्त वित्तीय संस्थाको ९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बनेपाको होटल उग्रचण्डीमा मंगलबार सम्पन्न भएको हो ।

सभाबाट विन नेपाल लघुवित्त र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल भई पारित भएको छ । यस्तै सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी उसको पारिश्रमिक निर्धारण गरेको छ ।