नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २ लाख बढी कित्ता शेयर बिक्रीमा


काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख ५५ हजार ७४१ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

संस्थापक शेयर खरिद गरी इच्छुक शेयरधनीले आजको मितिदेखि ३५ दिनभित्र विवरणा खुलाइ बैंकको शेयर शाखामा निवेदन दिन सक्नेछन् ।

संस्थापक शेयरधनीहरुबाट ३५ दिनभित्र आवेदन नपरेमा भने उक्त शेयर अन्य अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गर्ने बैंकले जनाएको छ ।