काठमाडौं– हिमालयन बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । हिमालयन र सिभिल बैंक मर्ज भएपश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा बैंकिङ्ग सेवा विस्तार गरेको हो ।
फागुन २७ गते बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरेका थिए ।
यसै गरी बैंंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नम्बर १७ नवलपरमा स्थानान्तरण गरी फागुन २७ बाटै सेवा सुचारु गरेकोे छ ।
हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७,००० भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया