चितवन इन्जिनियरिङ क्याम्पसले खुलायो दुई पदमा दरखास्त


चितवन– चितवन इन्जिनियरिङ क्याम्पसले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । क्याम्पसले करार सेवामा आर्किटेक्चर विषयमा दुई जना उपप्राध्यापक र एक जना प्रशिक्षक पदका लागि दरखास्त मागेकाे हो ।

योग्य र इच्छुक नेपालीले चैत १३ गतेभित्र इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालय र इन्जिनियरिङ क्याम्पस रामपुर, चितवनमा पुग्ने गरी दुई प्रति दरखास्त दिन सक्नेछन् ।