नेशनल लघुवित्त र माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं– नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि क्लोज गर्दैछन् । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै शेयरधनी बन्नुपर्ने हुन्छ।

माउन्टेन इनर्जीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १३ गते साधारण सभा बोलाएको छ ।

त्यसैगरी, नेशनल लघुवित्तले गत आवको नाफाबाट ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ ।