अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला रग्बी कमिटी र पत्रकार महिलाबिच ‘टच रग्बी’ खेल सम्पन्न


काठमाडौं– नेपाल महिला रग्बी कमिटीको आयोजनामा महिला पत्रकार र नेपाल महिला रग्बी खेलाडीबीच आज मैत्रीपूर्ण टच रग्बी खेल सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित उक्त खेलमा विभिन्न सञ्चार माध्यममा आबद्ध २५ जना पत्रकार महिला तथा आयोजक टोलीका २५ जना खेलाडीबीच शान्तिनगरको फुटसल मैदानमा प्रतिस्पर्धा भएको थियो।

कार्यक्रम संचालक महिला बिभाग प्रमुख एलिसा थापाले स्वागत मन्तव्य दिदि अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा पारेर पत्रकार महिलासँग खेलमार्फत जोडिन पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्,‘ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा पत्रकार महिलाहरुसँग खेलमार्फत जोडिने उदेश्यले हामीले यो प्रतियोगिताको आयोजना गरेका हौं, आगामी दिनमा पनि यस्ता थप प्रतियोगिताका आयोजना गर्नेछौँ।

प्रतियाेगितामा राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य नन्दा बस्यालले महिला दिवसको शुभकामनासहित रग्बी खेल अन्य खेलहरु जस्तै दिन प्रतिदिन आगाडि बढेकोमा खुशी गरिन् । सदस्य बस्यालले भनिन्,‘ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरुसँग खेलकुदको कार्यममा जोडिन् पाउँदा खुसी लाग्छ । एक घर एक महिला पत्रकार अभियान हामीले पहिले देखिनै चलाउदै आएको छौँ । वर्तमान प्ररिप्रेक्ष्यमा त महिलाहरुले आत्मारक्षाका लागि पनि खेल खेल्न आवश्यक छ।’

कार्यक्रममा बिभिन्न संचार माध्यममा कार्यरत पत्रकार महिला र रग्बी खेलसंग सम्बन्धित ब्यक्तिहरुको उपस्थिति थियो ।