कठमाडौं– गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नम्बर ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना भएको छ । बैंकले बुधबार उक्त काउण्टबाट कारोबार सुरु गरेको जानकारी दिएको हो ।
सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया