अभिकर्तालाई इजाजतपत्र नविकरण गराउन राष्ट्रिय जीवन बीमा कम्पनीले निकाल्यो सूचना


काठमाडौं – राष्ट्रिय जीवन बीमा कम्पनीले इजाजतपत्र पुनः सूचारु गराउन सुचना निकालेको छ । कम्पनीले सूचना निकाल्दै आफ्ना अभिकर्ताहरुलाई अभिकर्ता इजाजतपत्र नविकरण गर्नका लागि आग्रह गरेको हो ।

कम्पनीले जारी गरेको सूचनामा २०७९ चैत १ गतेदेखि २०८० साल असारसम्म नविकरण नभएका इजाजतपत्रको म्याद सकिएको हुनाले सबै अभिकर्तालाई नविरकण गर्न आग्रह गरिएको छ ।

त्यस्तै, २०७९ चैत १ गतेबाट २०८० असार मसान्तसम्म नविकरण भएका अभिकर्ता इजाजतपत्रको बहाल २०८२ सालसम्म हुने कम्पनीले जनाएको छ ।