काठमाडौं– नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ३० गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । यी दुई लघुवित्तले मर्ज प्रश्चात् नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेकाले ३० गतेबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।
दुबै कम्पनीले एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट फागुन २१ र कम्पनी रजिष्ट्रार कार्यालयबाट फागुन २२ गते अन्तिम स्वीकृति पाइसकेका छ्न्।
दुबै कम्पनीको गत बैशाख १० गते बसेको विशेष साधारण सभाबाट मर्ज हुने प्रस्ताव पारित भएकाे थियाे । यी कम्पनीले मर्जरका लागि राष्ट्र बैंकबाट गत कात्तिक ३ र नेपाल धितोपत्र बोर्डबाट कात्तिक २४ गते अन्तीम स्वीकृति पाएका थिए ।
मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।



About Us
प्रतिक्रिया