काठमााडौं– एनआईसी एशिया बैंक लिमिटेडले खातावालाहरुलाई खातामा उल्लेखित स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले एक सूचना जारी गर्दै बैंकले ग्राहकहरुको खाताबाट गरिएको करकट्टीको विवरण स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गुर्नपर्ने भएकाले ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्नका लागि आग्रह गरेको हो ।
ग्राहकहरुले बैंकको आधिकारीक वेवसाइट तथा वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमा ट्याब गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गर्न सकिने बैंकले जनाएकाे छ ।
बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई‘ई–टीडीएस’रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको सूचनमा उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया