सूर्यज्योति लाइफ इन्स्योरेन्सकाे नयाँ बोनस दर सार्वजनिक

सूर्यज्योति लाइफ इन्स्योरेन्सकाे नयाँ बोनस दर सार्वजनिक


काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनसदर आज सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणबाट आइतबार स्वीकृत भएको नयाँ बोनसदर अनुसार बीमितले बोनस पाउनेछन् ।

जस अनुसार बीमितले अधिकतम् ७५ रुपैयाँ र न्यूनतम ४० प्रति वर्ष प्रति हजार रुपैयाँका दरले बोनस पाउनेछन् । कम्पनीले अर्थिक वर्ष २०७९/ ८० को वित्तीय विवरणमा आधारित नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमा योजनामा बीमा अवधि अनुसार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । यसमा सुरक्षित बचत जीवन बीमा योजना–०१, सुनौलो भविष्य बाल जीन बीमा योजना–०५, एकल तथा सिमित अवधि भुक्तानी (विकल्प १) योजना–०६ र एकल तथा सिमित अवधि भुक्तानी (विकल्प २) योजना–०७ जस्ता बीमा योजना रहेका छन् ।