काठमाडाैं- सत्ता गठबन्धन टुटेकाे छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै कांग्रेस नेतृत्वकाे गठबन्धन टुटेकाे हाे ।
मन्त्रिपरिषदका केहि मन्त्रिलाई कार्यक्षमता तथा भ्रष्टाचारमा संलग्न रहेको आरोप लागेका कारण प्रधानमन्त्री मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहन्थे तर प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद् पुनगर्ठन गर्ने चाहना माथि अंकुश लगाउदै आएका कांग्रेस सभापति शेरबहादुर देउबा र प्रचण्ड बीचको असमझदारी बढे संगै अन्तत्वगत्वा नेपाली कांग्रेस र माओबादी बिचको सत्ता गठबन्धन टुट्न पुगेको हो ।
कांग्रेस र माओबादी बीचको गठबन्धन टुटे संगै आइतबार रातिसम्म चलेको एमाले र माओवादी केन्द्रको बैठकले गत बर्ष पुष १० गतेको समिकरणको आधारमा नयाँ सत्ता समीकरणको निर्णय गरेको हो । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ ।
यसैक्रममा रास्वपाको आज बिहानै बसेको बैठकबाट रास्वपाले बदलिदो सत्ता समीकरण सम्बन्धि सम्पूर्ण निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।
प्रतिक्रिया