नेपालका बैंकहरू सबल र सुरक्षित छन् : गभर्नर अधिकारी

नेपालका बैंकहरू सबल र सुरक्षित छन् : गभर्नर अधिकारी


काठमाडाैं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकहरू सुरक्षित रहेको बताएका छन् ।संसदीय समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले बाहिर हल्ला आएजस्तो बैंकहरू जोखिममा नरहेको बताएका हुन् ।

बैंकहरूको सवलतालाई हेरेर नै विदेशी बैंक तथा वित्तीय डेमलपमेन्ट फाइनान्सहरूले ऋण दिइरहेको उनको दावी छ ।गभर्नरअधिकारीले भने, ‘ बैंकहरूको सवलतालाई हेरेर नै अहिले विदेशी बैंक तथा वित्तीय डेमलपमेन्ट फाइनान्सहरूले राम्रो खालको ऋण दिइरहेको छ । नेपालका बैंकिङ्ग संस्थाहरूमा समस्या हुन्थ्यो भने त उनीहरूले ऋण दिँदैनथे । यसैले नेपालका बैंकहरु अहिले सबल र सुरक्षित छन् ।’