बैंकिङ्ग क्षेत्रमा देखिएका अराजक गतिविधि राेक्न नसके कर्जाकाे माग बढ्दैन: गभर्नर अधिकारी

बैंकिङ्ग क्षेत्रमा देखिएका अराजक गतिविधि राेक्न नसके कर्जाकाे माग बढ्दैन: गभर्नर अधिकारी


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंंकिङ्ग क्षेत्रमा देखिएको अराजक गतिविधि रोक्न नसके कर्जाको माग नबढ्ने र बैंंकिङ्ग प्रणाली झनै कमजोर हुने बताएका छन् । आइतबार संसदीय समितिको बैठकमा गभर्नर अधिकारीले कर्जाको माग बढाउनको लागि तत्काल नै बजारमा देखिएको अराजक गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।


उनले यस्ता गतिविधिले बैंंकिङ्ग क्षेत्रको मनोबल गिराउने कार्य भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न नेपाल सरकारसँग निरन्तर छलफल भइरेको बताए । कहिँ बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने,कतै कार्यालयबाट निस्कदा कारबाही गर्ने धम्की दिने जस्ता क्रियाकलाप अहिले देखिरहेको छ ।

बैंंकिङ्ग क्षेत्रलाई धरासायी बनाउन राजनिति गरिरहेको र यस्तो क्रियाकलापले आगामी दिनमा अर्थतन्त्रमै असर गर्न सक्ने उनको बुझाई छ ।