‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन–२०८०’ राष्ट्रिय सभामा पेश

‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन–२०८०’ राष्ट्रिय सभामा पेश


काठमाडौं– नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन–२०८०’ राष्ट्रिय सभामा पेश गरिएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सो प्रतिवेदन पेश गरेका हुन्।

उनले सरकार र सरकारी निकायले दिगो विकास लक्ष्य हासिल हुनेगरी कार्य सम्पादन गर्न सकुन् भन्ने मुख्य उद्देश्यका साथ सो प्रतिवेदन तयार गरी सभासमक्ष पेश गरिएको पनि बताए ।

प्रतिवेदनमा सरकार र मातहतका निकायहरुले दिगो विकास लक्ष्य हासिल हुने गरी पछाडि पारिएका दलितलगायतका समुदायको उत्थानमा लागि ठोस कदम चाल्न नसकेको औंल्याइएको छ ।