बैंकिङ्ग प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बैंकिङ्ग प्रणालीबाट २० अर्ब खिच्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले १ महिनाको लागि २० अर्ब निक्षेप संकलन बोलकबोल गर्ने बताएको हो ।

राष्ट्र बैंकले यसको ब्याजदर बोलकबोलकोमाध्यमबाट निर्धारण हुने र साँवा तथा ब्याज भुक्तानी कात्तिक १३ गते हुने बताएको छ । बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।