प्रि ओपन सेसनमा साढे ५ अंकले घट्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.५२ अंकले घटेको छ। त्यस्तै, २१ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै, ४ हजार २४१ कित्ता शेयर किनबेच भएको छ।

यस सेसनमा १२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।