वायुसेवा सञ्चालक संघको अध्यक्षमा समिट एयरका कार्की निर्विरोध चयन


काठमाडौं- उडानका एयरलाइन्सहरूको संस्था वायुसेवा संचालक संघको अध्यक्षमा मनोज कार्की चयन भएका छन् । संघको बिहीबार काठमाडौंमा भएको २३ औं वार्षिक साधारण सभाले आगामी २ वर्षका लागि समिट एयरका प्रवन्ध निर्देशक तथा संघका महासचिव कार्कीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकोप्टरका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा, उपाध्यक्षमा श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर, महासचिवमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास सापकोटा र कोषाध्यक्षमा बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशी चयन भएका छन् । सबै पदाधिकारी निर्विरोध चयन भएका संघका नवनिर्वाचित कोषाध्यक्ष रुपेश जोशीले बैकिङ्ग समाचारलाई जानकारी दिएका छन् ।