काठमाडौं– फागुन २० गतेदेखि फागुन २४ गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्रै इजाजत दिने व्यवस्था गरेबमोजिम बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
परीक्षा तालिका विभिन्न सत्रमा गर्ने तयारी प्राधिकरणले गरेको छ । यसका लागि २० गतेको पहिलो सत्र विहान ८ः३० बजेबाट १० बजेसम्म रहेको छ । दोस्रो सत्र भने साझ ५ बजेबाट ६ः३० बजेसम्म छ । फागुन २१ गतेको पहिलो सत्रको परीक्षा विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो साझ ५ बजेबाट ६ः३० बजेसम्म नै हुनेछ ।
यस्तै फागुन २२ गते पनि पहिलो सत्र विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रोसाझ ५ बजेबाट ६ः३० बजेसम्म नै रहेको छ । साथै फागुन २३ र २४ गते पनि सोही तालिका अनसार परीक्षा संचालन हुनेछ ।
प्रतिक्रिया