काठमाडौं– राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले देशको अर्थतन्त्र झनै खस्किँदो अवस्थामा रहेको बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१\०८२ का सिद्धान्त र प्राथमिकताबारे छलफलमा भाग लिँदै चौधरीले अर्थतन्त्र खस्किँदो अवस्थामा रहेको बताएका हुन् ।
उनले विदेशबाट खाद्यान्न किनेर वा विदेशबाट पेट्रोल, डिजेलहरु ल्याएर पनि अर्थतन्त्र बाहिरि रहेको बताए। सदस्य चौधरीले पछिल्लो समय नेपाली विद्यार्थीहरुको विदेश पलायनका कारण पनि अर्थतन्त्रको ठूलो हिस्सा बाहिरि रहेको जिकिर गरे ।
उनले यसबारेमा सरकारले आगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकताबारेमा विशेष ध्यान दिन आवश्यक रहेको बताए।
उनले भने,‘अहिले हाम्रो देशमा अर्थतन्त्र व्यापक खस्किँदो अवस्थामा छ । अर्थतन्त्र खस्किने अवस्था के हो ? के हामीले विदेशबाट खाद्यान्न किनेर वा विदेशबाट पेट्रोल, डिजेलहरु ल्याएर वा कुनै अरु चिजका कारणले मात्रै पनि यो देशको अर्थतन्त्र बाहिर गएको छैन । अर्थतन्त्र बाहिर जान नदिन हामीले यो देशमा केही गर्नसक्ने काम छन् । जस्तै अहिले पनि सबैभन्दा बढी हामीले खाद्यान्न वा डिजेल, पेट्रोलबाट अर्थतन्त्र बाहिर गएपनि अहिले पछिल्लो पटक विद्यार्थीको पलायनले सबैभन्दा ठूलो असर अर्थतन्त्रमा परेको छ । हामीले सैद्धान्तिक रुपमा प्राथमिकतामा जोड दिनुपर्छ । नेपालमै उच्च शिक्षा दिन सक्नुपर्छ ।’
उनले नेपालमै उच्च शिक्षा दिन सक्नुपर्ने बताए । (न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया