अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरका लागि आवेदन खुल्यो

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरका लागि आवेदन खुल्यो


काठमाडौं – अरुण भ्याली हाइड्रोपावरले (फागुन१७) आजदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीकाे १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर जारी भएकाे छ ।

कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री खुला गरेको हो । उक्त हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले १५ गते बुक क्लोज गरिसकेको छ ।

माघ १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद शेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद शेयरमा लगानीकर्ताले आगामी चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ ।