नेको इन्सुरेन्सले कर्मचारी माग्यो

नेको इन्सुरेन्सले कर्मचारी माग्यो


काठमाडौं– नेको इन्सुरेन्स लिमिटेडले कर्मचारी मागेको छ । कम्पनीले दरखास्त खुलाउदै सिनियर अफिसर पदमा २ जना कर्मचारी मागेको हो ।

कम्पनीले रिइन्स्योरेन्स डिपार्टमेन्टमा सिनियर अफिसर पदका लागि सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

प्रतिष्ठित शिक्षण संस्था र इन्स्टिच्युटबाट एमबीए वा चार्टर्ड अकाउन्टेन्टको उपाधिक हासिल गरेकाले दरखास्त पेस गर्न सक्नेछन्। यसअघि इन्स्योरेन्स वा बैंकिङ्ग क्षेत्रमा काम गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।