बैंकको ब्याजदर एक अकंमा झर्ने अर्थमन्त्रीको दाबी

बैंकको ब्याजदर एक अकंमा झर्ने अर्थमन्त्रीको दाबी


काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ब्याजदर एक अकंमा झर्ने दाबी गरेका छन् । उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यापार मेला–२०८० उद्घाटन गर्दै महतले बैंकहरुमा १७/१८ प्रतिशतको ब्याजदर अहिले ११ प्रतिशतको हाराहारीमा रहेको बताउँम्दै छिट्टै एक अकंमा झर्ने विश्वास दिलाएका हुन् ।

साथै उनले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र निकै नै कमजोर हालतमा रहेको बताउँदै अहिले अर्थतन्त्र खतरामुक्त छ भएको औंल्याए । यस्तै राजस्व संकलन, विदेशी पर्यटकको संख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले ढुक्क भएर लगानी गर्न उद्योग व्यवसायीलाई अर्थमन्त्री महतको आग्रह छ ।