६ महिनामा प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

६ महिनामा प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड


काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा १५ अर्ब ३६ करोड नाफा कमाएको छ । यो गत आव ०७९/८० को सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो ।

गत आवको ६ महिनामा प्राधिकरणले १० अर्ब ९१ करोड नाफा कमाएको थियो । ६ महिनामा प्राधिकरणले विद्युत् बिक्री तथा ब्याजमार्फत ६७ अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको छ ।

समीक्षा अवधिमा प्राधिकरणले भारतमा विद्युत् निर्यात गरेर मात्रै १३ अर्ब ३८ करोड ५६ लाख आम्दानी गरेको छ । स्वदेशमै विद्युत् बिक्री गरेर भने ४५ अर्ब ४९ करोड ३८ लाख खुद आम्दानी गरेको छ ।