काठमाडौं– सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले कम्पनीले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लाभांश वितरण भने नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात आगामी वार्षिक साधारणसभामा पारित हुनेछ ।



About Us
प्रतिक्रिया