काठमाडौं- मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोष फूयाँल निर्वाचित भएका छन् । संस्थापक संचालक तथा विगत ८ वर्ष देखि मिर्मिरेको संचालकको कार्यभार सम्हालेका फूयाँल नयाँ संचालक समितिमा चुनिएका हुन् ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका फूयाँल यस अघि ४ पटक मर्जर समितिको संयोजक तथा हालै नेरुडे लघुवित्तसँग मर्जर हुन लागेको मर्जर समितिको सदस्य समेत छन्।
कम्पनीको संस्थापक सञ्चालक समितिमा अध्यक्ष फूयाँलसँगै, संजय कुमार श्रेष्ठ, दिप बहादुर श्रेष्ठ र शंकर राज पाण्डे रहेका छन् । संस्थाको १३ औं वार्षिक साधरण सभा हिजो फागुन १४ गते काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित होटल सारथीमा सम्पन्न भएको छ ।
प्रतिक्रिया