काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको १ करोड ४२ लाख ६६ हजार ३२३.५ कित्ता शेयरको लकइन अवधि चैत २० गते रहेको छ ।
कम्पनीले सोमबार एक सूचना जारी गर्दै साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापकको शेयर, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको शेयर र कर्मचारी लागि जारी खुलाएको शेयरको अवधि २० गते सकिने जानकारी दिएको हो ।
यसमा साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापकको स्वामित्वमा रहेको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता रहेको छ भने संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ९ लाख ९९ हजार २९३.५० कित्ता रहेको छ। ज्योति लाइफ र सूर्या लाइफ २०७९ पुस ७ गते मर्ज भई सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको थियो ।



About Us
प्रतिक्रिया