ब्याजदर सस्तो हुँदा पनि बैंकहरुमा बढ्दो तरलता, अर्बौं रकम राष्ट्र बैंकमा


काठमाडौं– ब्याजदर घटेपनि ऋण लिनेको संख्यामा कमी आएपछि बैंकहरुले सस्तो दरमै राष्ट्र बैंकमा निक्षेप संकलन गराएका छन् । यही फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा आएसँगै बैंक तथा वित्तीय संस्थाहरूले दुई खर्ब ५३ अर्ब रूपैयाँ ३ प्रतिशत ब्याजदरमै राष्ट्र बैंकमा राखेका हुन् ।

बैंकहरुले कम्तीमा २० करोडभन्दा बढी ५ करोडले भाग गर्दा निस्शेष रहने अंकको रकम राष्ट्र बैंकमा राख्न सक्नेछन् । फागुन यता बैंक तथा वित्तीय संस्थाहरुले चार पटकसम्म राष्ट्र बैंकमा निक्षेप राखिसकेका छन् । तरलता बढी भएर राखिएको रकम हाल राष्ट्र बैंकमा ९६ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।