काठमाडौं– गोर्खाज फाइनान्स कम्पनीले ६२ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। आज फागुन १३ गतेबाबाट जारी हुने गरी फाइनान्सले कित्ता शेयर बिक्रीमा राखेको हो ।
कम्पनीका संस्थापक शेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य भने प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
आवेदनको मिति ३५ दिन तोकिएको छ । आवेदन काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको मुख्य कार्यालयमा दिन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया