काठमाडौं – नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले ७ अर्बको आन्तरिक ऋण नवीकरणका साथै थप ५ अर्ब रुपैयाँ उठाउने भएको हो ।
केन्द्रीय बैंकले ३६४ दिने ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो भने ९१ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो।
यी ट्रेजरी बिल फागुन १५ गते जारी हुनेछ। यसको बोलकबोल सोमबार फागुन १४ गते दिउँसो ३ बजे हुनेछ।
प्रतिक्रिया