प्रभु बैंकले राख्यो साढे ७ लाख बढी कित्ता शेयर बिक्रीमा

प्रभु बैंकले राख्यो साढे ७ लाख बढी कित्ता शेयर बिक्रीमा


काठमाडौं– प्रभु बैंकले ७ लाख ५३ हजार ८९२ कित्ता शेयर बिक्रीमा राखेको छ । संस्थापक शेयरधनीहरुको नाममा बैंकमा रहेको कित्ता शेयर बिक्रीमा राखिएको हो।

शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्ने छ। यसका लागि ३५ दिनको म्याद दिइएको बैंकले जनाएको छ।

तोकिएको समयपछि संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको हो।