काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
गत वर्ष साविकको सूर्या लाइफ इन्स्योरेन्स र साविक ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको हो ।
नेपाल बीमा प्राधिकरणले तोकेको पूँजी रू. ५ अर्ब कायम गर्न मर्जरमा गएका यी दुई कम्पनीको मर्जरपछि पनि कायम गर्नुपर्ने पूँजी अपुग भएका कारण लाभांश वितरण नहुने भएको हो । गत वर्ष भने दुवै कम्पनीको वितरणयोग्य मुनाफा रहे पनि कम्पनीले लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय गरेको छ ।
प्रतिक्रिया