काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडद्धारा भीडियो केवाईसी सेवाको शुभारम्भ भएको छ । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले भीडियो केवाईसी सेवाको शुभारम्भ गरेको हो ।
उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सकिने बैंकले जनाएको छ । यस भिडियो केवाईसी मार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनुपर्ने समस्या टर्ने बैंकको विश्वास छ ।
यो सेवाबाट देश तथा विदेशमा बरहेका ग्राहकले २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवा मार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्ने समेत बैंकले जनाएको हो । साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित पनि अनलाइन भिडियो मार्फत गर्न सकिने छ ।
प्रतिक्रिया